Section 14
नोक्सानी वा हिनामिना हुने सम्भव भएमा बेच्न कर लगाई नेपाल सरकारले खरीद गर्न सक्ने :

दफा १३(१) अन्तर्गतको सूचनामा उल्लिखित कुनै वस्तु नोक्सानी वा हिनामिना हुने सम्भावना देखेमा त्यस्तो वस्तु पञ्चकीर्ति मोलमा बेच्न कर लगाई नेपाल सरकारले खरीद गर्ने आदेश दिन सक्तछ ।